मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२०७७ चैत २६ बिहीबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा उपचारको क्रममा एक कैदीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
२०७७ चैत २६ बिहीबार १५:४४:००

जिल्ला कारागार सोलुखुम्बुका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सोताङ गाउँपालिका– ४ का अर्जुन नाछिरिङ राईको मृत्यु भएको हो । 

जिल्ला अदालत सोलुखुम्बुले राईलाई जबर्जस्ती करणी मुद्दामा १६ जेठ ०७७ मा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । शरीर दुख्ने, बान्ता हुने समस्या देखिएपछि उनलाई बुधबार बिहान उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।