१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत २१ शनिबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते  

Read Time : < 1 मिनेट
२०७७ चैत २१ शनिबार १८:३४:००

जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना यात्रु घाइते भएका छन् । शनिबार सोरु गाउपालिका–८ तारापानीबाट जिल्ला सदरमुकाम गमगढी आउँदै गरेको ग३च ११८८ नम्बरको यात्रुवाहक जिप दिउँसो करिब १ बजेको समयमा सोरु गाउँपालकिकाको कोट भन्ने स्थानमा दुर्घटना भएको हो ।

६ जना यात्रु बोकेर सदरमुकाम आउँदै गरेको जिप दुर्घटना भई सडकबाट करिब तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । जिपमा सवार सोरु गाउँपालिका–७ निवासी ३० वर्षीया गिरीकला बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते हुनेमा सोरु गाउपालिका– ७ का २१ वर्षीय जिपचालक गोविन्द विष्ट,सोही वडाका २५ वर्षीय ललिजङ बुढा, २८ वर्षीय ज्ञानबहादुर बुढा, रत्न विक र छायानाथ रारा नगरपालिका–१ का ४८ वर्षीय कुलबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भीमदत्त जोशीले जानकारी गराए । घाइतेहरू सबैको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।