मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १४ शनिबार ०८:३६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वैशाख पहिलो साता क्रिकेटको त्रिदेशीय शृंखला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १४ शनिबार ०८:३६:००

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा वैशाखको पहिलो साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिदेशीय टी–२० शृंखला हुने भएको छ । क्यानले शुक्रबार सार्वजनिक गरेअनुसार शृंखलामा नेपालसहित नेदरल्यान्ड्स र मलेसियाको टोली सहभागी हुनेछन् । 

शृंखला ४ देखि ११ वैशाखसम्म आयोजना हुनेछ । टी–२० फार्म्याटमा सञ्चालन हुने प्रतियोगितामा तीन टोलीले डबल राउन्ड रो.विन लिग प्रणालीमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

क्यानले कोरोना भाइरस (कोभिड–१९) महामारीपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको घोषणा गर्दा खुसी व्यक्त गरेको छ । ‘छोटो समयमा पनि प्रतियोगितामा सहभागी हुने निश्चित गरेकोमा नेदरल्यान्ड्स र मलेसिया दुवै टोलीलाई धन्यवाद दिन चाहन्छु,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भनेका छन्, ‘यो प्रतियोगिता घोषणा गर्न पाउँदा क्यान खुसी छ ।’

प्रतियोगिताको सहभागी दुई टोली नेदरल्यान्ड्स र मलेसियाले पनि खुसी व्यक्त गरेका छन् । ‘हामीले सन् २०१९ को नोभेम्बरदेखि कुनै खेल खेल्न पाएका छैनौँ । त्यसैले त्रिदेशीय शृंखलाको घोषणा हुँदा निकै खुसी लागेको छ,’ नेदरल्यान्ड्सका प्रशिक्षक ¥यान क्याम्पबेलले क्यानद्वारा जारी विज्ञप्तिमा भनेका छन्, ‘यो खेलले फेरि हामीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्काउने विश्वास छ ।’

‘हामीले पनि सन् २०२० को फेब्रुअरी अन्त्यदेखि अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छैनौँ,’ मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भल्लिपुरम भन्छन्, ‘यो प्रतिस्पर्धाले पक्कै पनि लामो समयदेखि अनिश्चिततामा बस्न बाध्य भएका खेलाडीलाई उत्साहित तुल्याउनेछ ।’