१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ७ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ७ शनिबार १४:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालद्वारा संसदीय बोर्ड सदस्य अस्वीकार, पार्टीमा ओली अल्पमतमा रहेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ७ शनिबार १४:५२:oo

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दलको संसदीय बोर्ड सदस्य अस्वीकार गरेका छन् । एमालेको नेपाल–खनाल पक्षीय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले अवैधानिक रूपमा बसेको बैठकले गरेको निर्णय अस्वीकार गर्ने भन्दै बोर्ड सदस्य अस्वीकार गर्ने बताएका हुन् । ‘मलाई र झलनाथ खनाललाई बोर्ड सदस्य बनाइएको रहेछ, आइहाल्छन् कि भन्ने लागेको होला, हामीलाई त्यस्तो पद चाहिएको छैन’ नेपालले भने । 

नेपालले आफ्नो लडाइँ पदका लागि नभई विधिविधान र न्यायको भएको बताए । ओलीले विगतको गल्ती नसच्याएसम्म सहमति हुन नसक्ने उनको भनाइ छ । नयाँ ढंगले अघि बढ्नका लागि अवैधानिक रूपमा गरिएको निर्णय फिर्ता हुनुपर्ने उनको तर्क छ । 

अध्यक्ष केपी ओलीले एकलौटी गरेका कारण पार्टीमा सदस्य खडा भएको नेपालको दाबी छ । अल्पमतमा परेका कारण ओलीले वैधानिक बैठक नबोलाई गुटको बैठक बोलाएको नेपालको जिकिर छ । पदाधिकारी, स्थायी कमिटी, पोटिलटब्युरो र केन्द्रीय कमिटीमा पनि आफूहरू बहुमतमा रहेको नेपालले जिकिर गरे । 

उनले वैधानिक केन्द्रीय कमिटीमा ओली पक्षमा ९० र आफू पक्षीय ९७ जना सदस्य रहेको दाबी गरे । आफूहरू न्याय र सत्यको पक्षमा उभिएको नेपालले बताए । पूर्वएमालेको निर्वाचित संरचनालाई यथावत् राख्नुपर्ने बताए । पार्टी एकता हुनुअघि (२ जेठ)को कमिटीलाई नै मान्यता दिनुपर्नेमा उनले जोड दिए ।

समातामूलक, न्यायमा आधारित, समाजमा भएका विकृति विसंगतिको अन्त्य भएको समाज निर्माणमा युवा लाग्नुपर्नेमा नेपालले जोड दिए । ‘जनताको सेवा भावना छ कि छैन, जनताको पीडालाई आफ्नो पीडा ठान्छौँ कि ठान्दैनौँ ?’ नेपालले भने ‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनताको समस्या समाधानमा लाग्नुपर्छ ।’

ad
ad
ad
ad