Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत ३ मंगलबार १६:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापति देउवाको ढुलमुले भूमिका रहस्यमय : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
२०७७ चैत ३ मंगलबार १६:१९:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको ढुलमुले भूमिका रहस्यमय रहेको टिप्पणी गरेका छन् । देउवाले नयाँ सत्तासमीकरणबारे अग्रसर हुन नचाहिरहेको बाहिर आएको वेला पौडेलले यस्तो टिप्पणी गरेका हुन् । 

मंगलबार पोखरामा पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण कार्यक्रममा पौडेलले सभापति देउवाकै कारण पार्टीले कुनै निर्णय गर्न नसकेको आरोप लगाए । ‘शशांकनिवासमा हामीले बैठक बसेको वेलामा पनि सभापतिजीलाई फोन गरेर मैले दोधारमा बस्नुहुन्न भनेको थिएँ । जनता समाजवादी पार्टीलाई ओलीले जे–जे गर्छु भनेका छन्, हामी पनि गरौँ । माओवादी केन्द्रसँग मिलेर ओली सरकार ढालिदिऔँ भनेको हो । अहिलेसम्म केही निर्णय नभएकोमा अचम्ममा छु,’ उनले भने । 

पौडेलले कांग्रेसकै कारण जसपा सरकारमा नआएको हो भने कुनै पनि वेला राजनीति उल्टो दिशामा जान सक्नेतर्फ सचेत गराए । ‘कांग्रेसले कुनै निर्णय नगर्ने हो भने राजनीति अर्कै दिशामा जान सक्छ । देशमा थरीथरीका खेलाडी छन् । अन्तर्राष्ट्रिय खेल पनि हुन सक्छ, यिनीहरूको हातमा जाने अवस्था हुन दिनुहुन्न । यो वेला कांग्रेसले विशेष भूमिका खेल्नुपर्छ,’ पौडेलले भने । आफू सुरुदेखि नैै कांग्रेस संसदमा सानो भए पनि नेपालको राजनीतिमा अहं भूमिका रहेको र त्यो भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्नेमा रहेको पौडेलले बताए । 

देउवाको ढुलमुले भूमिकाकै कारण प्रदेश १, बागमती र केन्द्र सरकार टिकेको पौडेलको भनाइ छ । ‘अविश्वासको प्रस्ताव आएको वेला प्रदेश १ र बागमती प्रदेश सरकार गिराऊँ । केन्द्र सरकार पनि गिराऊँ भनेको हो । नेतृत्व खासगरी सभापतिको ढुलमुले भूमिकाले यी सरकार टिकाउने काम भयो,’ उनले भने ।