१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ चैत २ सोमबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ चैत २ सोमबार १o:५२:oo

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ। फागुन २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनमा दुईवटा  बैठक बसे पनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन।

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ। नियम १३(१) मा भनिएको छ, ‘बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा १७ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समितिगठन गर्न सकिनेछ।’

ad
ad
ad
ad