१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २७ बिहीबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ फाल्गुण २७ बिहीबार १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा जाने विषयमा छलफल गर्न जसपाको सचिवालय बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ फाल्गुण २७ बिहीबार १२:४२:oo

सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकले सरकारमा जाने विषयमा छलफल गर्नेछ । जसपाभित्रै यसअघि बुधबार बसेको पदाधिकारी बैठक कुनै निर्णय गर्न सकेको थिएन ।

सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि नयाँ सरकार निर्माणको तयारीमा रहेको माओवादी केन्द्रले जसपालाई सत्ता सहकार्यको प्रस्ताव राखिरहेको छ । नेकपा एमालेले पनि आफ्नो सरकार जोगाउन जसपालाई सत्तामा आउन प्रस्ताव अघि सारेको छ ।

जसपाले भने मधेस र थरुहट आन्दोलनको वेलामा पक्राउ परेका रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनसहितका माग पूरा भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ । आजको सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने सम्भावना छ ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी  छन् ।