१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मतपत्र छाप्न तयारी अवस्थामा रहन जनक शिक्षालाई शिक्षामन्त्रीको निर्देशन (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:२७:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमण गरी मन्त्री श्रेष्ठले केन्द्रका पदाधिकारीलाई अब निर्वाचनको समय आएकाले मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

मन्त्री श्रेष्ठले सरकारले निर्वाचन आयोगलाई निर्देशन दिने र आयोगको निर्णयसँगै खुरुखुरु छपाइ थाल्न सक्ने तयारी अवस्थामा रहन निर्देशन दिए । केन्द्रमा मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । 

निर्वाचन आयोगमा रहेका मेसिनहरू पनि तत्काल ल्याउने व्यवस्था मिलाउनसमेत निर्देशन दिए । यसअघि सरकारले १७ र २७ वैशाख गर्ने निर्वाचन घोषणा गरेसँगै आयोगको टोलीले केन्द्रको भ्रमण गरेको थियो । 

पुस्तक अभावको गुनासो सुन्न नपरोस् : मन्त्री श्रेष्ठ
मन्त्री श्रेष्ठले शैक्षिक सत्रको सुरुमै पुस्तक विद्यार्थीको हातमा पुग्ने गरी काम गर्न केन्द्रलाई निर्देशन दिएका छन् । ‘अब पुस्तक अभावको कमेन्ट सुन्न चाहन्नौँ,’ मंगलबार निर्देशन दिँदै भने, ‘शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीको हातहातमा पुस्तक नहुने अवस्था नहोस् ।’ पुस्तक छपाइ गरेर सबैभन्दा पहिले दुर्गममा पु¥याउन आग्रह गरे । 

विगतमा पुस्तक नपुगेको समाचार मिडियामा दोहोरिएर नआउने वातावरण बनाउनुपर्ने बताए । 

अरू कक्षाका पुस्तक छपाइ कार्य भइरहे पनि कक्षा ६ को भने नयाँ पाठ्यक्रम कार्यान्वयन हुने भएकाले अझैसम्म पनि तयारी छैन । मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पिआरसी) तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न निर्देशन दिए । कक्षा ६ को पाठ्यक्रम स्वीकृतिमा मन्त्रालयले नै ढिला गरेका कारण समस्या आएको पाठ्यक्रम विकास केन्द्रका अधिकारीको भनाइ छ । 

केन्द्रले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ११ सम्म छपाइ गर्नुपर्ने लक्ष्य एक करोड ८४ लाख ४६ हजार नौ सय ८० राखेको छ । तीमध्ये एक करोड ४७ लाख १३ हजार नौ सय ९९ थान छपाइ पूरा गरेको जनाएको छ । 

अर्थ मन्त्रालयका काम जनक शिक्षाबाटै गर्न आग्रह
जनक शिक्षा केन्द्रमा ५० प्रतिशत सेयर अर्थ मन्त्रालयको रहेको र अर्थ मन्त्रालयलगायतका सबै काम जनक शिक्षाबाट गर्न उचित हुने बताए । आन्तरिक राजस्व विभागको स्टिकरलगायतका काम जनक शिक्षाबाट गर्नुपर्ने उनले बताए । 

केन्द्रका अध्यक्ष एवं सचिव रामप्रसाद थपलियाले जनक शिक्षाले अर्थ, यातायात, भूमि व्यवस्था तथा सहकारीलगायत सबै सरकारी निकायको गोप्य काम छपाइ गर्नुपर्ने बताए । त्यसका लागि आवश्यक पूर्वाधार विकासमा लाग्ने पनि बताए । 

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षण मुद्रणालयमा थप मेसिन ल्याएर थप नयाँ अघि बढाउने, संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउनेलगायतका काम गर्ने लक्ष्य रहेको बताए । 

ad
ad