महिला यू–१६ मैत्रीपूर्ण फुटबलमा नेपालले भुटानसँग लज्जास्पद हार व्यहोरेको छ। दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ५–१ गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमै भुटानले नेपालको पोस्टमा पाँच गोल गरेको थियो। ८५औँ मिनेटमा सब्स्टिच्युट खेलाडी सविना तामाङले नेपालका लागि सान्त्वना गोल गरिन्।