मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १९ बुधबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री चाहियो भनेको छैन, जिम्मेवारी आयो भने छाडिन्न : कांग्रेस सभापति देउवा (भिडियोसहित)

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १९ बुधबार १६:०६:००

कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी आए प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । चितवनमा बुधबार आयोजित पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा देउवाले कांग्रेसलाई पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने बताएका हुन् । 

देउवाले भनेका छन्, ‘कांग्रेसलाई पदको लोभ छैन, तर जिम्मेवारी आयो भने छाडिन्न । प्रधानमन्त्री चाहियो पनि भनेको छैन, पार्टीलाई फाइदाको कुरा पनि हो, अरू पार्टीको हुनुभन्दा आफ्नै पार्टी हुनु फाइदा हो । ’

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षीको भूमिका बिर्सन नहुने बताएपछि देउवाले भने, ‘चित्त ठूलो राख्नुस् रामचन्द्रजी, सबैले तपाईंको चित्त सानो छ भन्छन, हेर्दै जाऔँ, मरिमेट्ने कुरा पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने छैन ।’ 

पौडेलले आफ्नो क्षमताअनुसारको काम सबैले गर्नुपर्नेमा जोड दिएका थिए ।