१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १६ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १६ आइतबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १६ आइतबार १३:४४:oo

पूर्वसांसद तथा कांग्रेस झापाका नेता डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ । लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेतीका पिता डा. उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको हो । 

उप्रेती ०४६ सालको परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाको सदस्य भएका थिए । पञ्चायतविरोधी आन्दोलनहरूमा सक्रिय बनेका उप्रेतीले चिकित्सकका रूपमा ०१८ सालमा कैलालीको धनगढीबाट सेवा सुरु गरी भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षसम्म लाखौँको उपचार गरेका थिए । 

उप्रेतीको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो शोक व्यक्त गरेका छन् । ‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भनेका छन् ।

ad
ad
ad
ad