मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण १५ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतको फैसलापछि पनि प्रधानमन्त्री कुर्सीमा टाँसिएर बस्नु लज्जास्पद : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १५ शनिबार १६:४१:००

नेकपा प्रचण्ड–माधव समूका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले प्रधानमन्त्रीसँग नैतिकता भए राजीनामा दिनुपर्ने बताएका छन् । नेपालमा पनि आफूमाथि नैतिक संकट हुँदा तत्काल राजीनामा दिएका प्रधानमन्त्री र मन्त्रीहरूको प्रशस्त उदाहरण भए पनि केपी ओलीसँग अहिले त्यो सोच्न फुर्सद र हिम्मत नभएको विष्टको भनाइ छ । 

नेकपा प्रचण्ड–माधव समूहको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै विष्टले प्रचण्ड–माधवलाई पदको भोको भन्ने ओली अदालतको फैसलापछि पनि कुर्सीमा टाँसिएर बस्नु निकै लज्जास्पद विषय भएको बताए । 

उनले आफूहरूको लडाइँ प्रधानमन्त्रीका लागि नभएर लोकतन्त्र र संविधानका लागि भएकाले सर्वोच्च अदालतले त्यसको फैसला गरिसकेको बताए । ‘प्रचण्डसँग प्रधानमन्त्री बन्ने इच्छा भए केपीसँगै गरेको साढे दुई वर्षको सहमति थियो’ उनले भने ‘प्रचण्डले केपीलाई पाँच वर्ष नै प्रधानमन्त्री दिए । 

उनले पार्टीलाई विचार, सिद्धान्त र विधिका आधारमा लैजाऊ भनेर छलफल गर्दै सरकारका कामको समीक्षा गर्न खोज्दा ओलीले त्यसलाई दुरुपयोग गरेको बताए । कम्युनिस्टभित्र देखा परेको व्यक्तिवादी अहंकार र समूहको स्वार्थका कारण पार्टी दुर्घटनामा परेको बताउँदै विष्टले ओली नेतृत्वको बहुमतको सरकार आमनागरिकका आधारभूत आवश्यकता पूरा गर्नभन्दा पनि सत्तामोहमा रुमलिएको जिकिर गरे ।