Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ फाल्गुण ११ मंगलबार १६:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चैनपुरस्थित पेट्रोल पम्पमा आगलागी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ फाल्गुण ११ मंगलबार १६:४९:००

संखुवासभाको चैनपुर नगरपालिका– ७ जिरोप्वाइन्टस्थित पेट्रोल पम्पमा आगलागी भएको छ । मंगलबार करिब १२ बजेतिर ट्यांकरबाट पेट्रोल अनलोड गर्दा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए । उनका अनुसार पम्पमा एक्कासि आगलागी हुँदा चैनपुर– ६ निवासी कर्मचारी ३७ वर्षीय सविन कर्माचार्य सामान्य घाइते भएका छन् भने नजिकै रहेको क्लिनिक र शुभ होटेलमा सामान्य क्षति भएको छ । 

अनुसन्धान भइरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको बुढाथोकीले बताए । आकस्मिक आगलागी हुँदा पेट्रोल पम्पको भौतिक संरचना जलेर नष्ट भएको छ । सोमबार उक्त ट्यांकरले डिजेल २० हजार लिटर र पेट्रोल नौ हजार लिटर बोकेर आएको थियो । सोही इन्धन खन्याउँदै गर्दा एक्कासि आगजनी भएको आयल निगमका प्रोप्राइटर अनोद श्रेष्ठले बताए । आगलागीबाट पेट्रोल पम्पमा डेढ करोडमाथिको क्षति भएको अर्का सञ्चालक सदस्य तथा चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए । 

सशस्त्र, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।