मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण ६ बिहीबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ६ बिहीबार ११:०५:००

ओखलढुंगामा पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुईजना कामदारको सकुशल उद्धार गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगा परिसरमा पर्खाल लगाउने क्रममा बिहीबार बिहान करिब ८ः४५ बजे माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुईजनाको सकुशल उद्धार गरिएको हो ।

काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका– ३ थुम्कीका अन्दाजी ४५–४५ वर्षीय केशरबहादुर सुनुवार र पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।