मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २८ बुधबार १३:५४:००
Read Time : < 1 मिनेट
विश्व

एक सय १७ वर्षीया वृद्धाले जितिन् कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ माघ २८ बुधबार १३:५४:००

एक सय १७ वर्षीया फ्रान्सेली नन सिस्टर आन्द्रे कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् । उनी विश्वकै सबैभन्दा धेरै उमेर बाँच्नेमध्ये देस्रो नम्बरमा छिन् ।

सिस्टर आन्द्रे जनवरीमा कोभिड संक्रमित भएकी थिइन् । यो साता उनको ११७औँ जन्मदिनसमेत परेको छ । उपचाररत अस्पतालले उनमा १६ जनवरीमा कोरोना पजिटिभ देखिए पनि लक्षण नदेखिएको जनाएको थियो । भाइरस संक्रमण भएलगत्तै उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । कोरोना संक्रमण निको भएसँगै फ्रान्सको बिएफएम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, आफू संक्रमणदेखि कत्ति पनि नडराएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई संक्रमणदेखि डर थिएन, किनकि मलाई मृत्युसँग डर लाग्दैन । मलाई तिमीहरूसँग बस्न खुसी लाग्छ, तर म चाहन्छु म पनि मेरा दाजुभाइ, हजुरआमा, हजुरबुबासँगै अन्तै बस्न पाउँ ।’ अस्पतालले उनको अवस्था सुधार हुँदै आएको जनाएको छ । 

उपचारमा संलग्न चिकित्सकले सिस्टर आन्द्रे स्वस्थ हुँदै गएको र बिहीबार परेको ११७औँ जन्मदिन मनाउन तयार रहेको जानकारी दिएका छन् । आँखा नदेख्ने आन्द्रेले यो वर्ष संक्रमणका कारण सानो समूहमा मात्रै जन्मदिन मनाउनेछिन्, तर उनी निकै उत्साहित रहेको चिकित्सकहरूको भनाइ छ । वर्ल्ड  सुपरसेन्टेरियन रेङकिङको सूचीअनुसार सिस्टर आन्द्रे अहिले संसारकै दोस्रो वृद्ध उमेरकी हुन् । जिराजी अर्थात् जिरोन्टोलोजी रिसर्च ग्रुपको तथ्यांकको आधारमा सिस्टर आन्द्रेको जन्म ११ फेब्रुअरी १९०४ मा भएको थियो ।

संसारका सबैभन्दा वृद्ध व्यक्ति जापानका केन तनाका हुन् । उनी २ जनवरीमा ११८ वर्ष पूरा भएकी थिइन् । जिआरजीको सूचीअनुसार विश्वमा हाल भएका सबैभन्दा धेरै उमेरका २० वृद्ध सबै महिला हुन् ।
–एजेन्सीको सहयोगमा