मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७७ माघ २४ शनिबार १३:०८:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा जारी किसान आन्दोलनमा युएनको चासो, संयम बन्न प्रशासनलाई आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७७ माघ २४ शनिबार १३:०८:००

संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले भारतमा जारी किसान आन्दोलनप्रति संयम बन्न प्रशासनलाई आग्रह गरेको छ । सरकारले जारी गरेको तीनवटा कृषि कानुनको विरोधमा दुई महिनाभन्दा बढी समयदेखि राजधानी नयाँदिल्लीको सिमानामा आन्दोलनरत किसानहरूको बिग्रँदो अवस्थाप्रति कार्यालयले चिन्ता देखाएको हो । कार्यालयले आन्दोलनरत किसानको मानवअधिकारको सम्मान गर्न न्यायसंगत तरिकाले समाधानका उपाय खोज्न पनि आग्रह गरेको छ ।

संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर)ले ट्विटरमार्फत शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति दिन पाउने अधिकारको रक्षा गर्न आग्रह गरेको छ । ट्विटरमा भनिएको छ, ‘भारतलाई  हामी प्रदर्शनकारी किसानमाथि उच्च संयम बन्न आह्वान गर्दछौँ । उनीहरूको शान्तिपूर्ण तरिकाले भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ । हरेक समस्याको समाधानबाट मानवअधिकारको रक्षा गर्दै गर्नुपर्छ ।’