१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १७ शनिबार
  • Saturday, 28 September, 2024
रासस काठमाडौं
२o७७ माघ १७ शनिबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी छनोट

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १७ शनिबार १८:२o:oo

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन  लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्यांकन गरी सो निर्णय गरेको हो । 

कुल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहनेछ । विसं २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो । 

बैठकमा प्रधानमन्त्री ओलीले विद्युत्काे उत्पादनसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिँदै यसका लागि पूर्वाधार परियोजनालाई समयमै कार्यान्वयनका लागि समन्वयात्मक ढंगबाट कार्य गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिएको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

बैठकले लगानी बोर्डमा विशेषज्ञका रूपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यका रूपमा बालकृष्ण सिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ । 

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरेबमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बैंक, वेबमा आधारित एकल बिन्दु सेवा र अन्य प्रगतिबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।