मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा रियाद
२०७७ माघ १७ शनिबार १४:१९:००
Read Time : < 1 मिनेट
विश्व

मे महिनाको मध्यसम्म साउदी अरबमा यात्रा प्रतिबन्ध 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा रियाद
२०७७ माघ १७ शनिबार १४:१९:००

साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याइएको छ । साउदी अरब सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरेको हो । 

नयाँ निर्णयअनुसार नागरिकले आगामी १७ मेसम्म यात्रा गर्न नपाउने अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरस महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो ।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाई तथा स्थलमार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको १३ मार्चदेखि नै प्रतिबन्ध लगाइएको हो । कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिबन्धको अवधि लम्ब्याउनुपरेको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा दुईजनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा  कोरोना भाइरसबाट कुल ६ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ ।