१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ १७ शनिबार १४:१३:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि आग्रह

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ १७ शनिबार १४:१३:००

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमा फैलिएको कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । उनले विश्वका नेताहरूसँगको फोनवार्तामा शुक्रबार महामारी नियन्त्रण र विकासका सम्भावनाका बारेमा थप सूचना आदानप्रदान गर्न संयुक्त प्रयास हुनुपर्ने जोड दिएका थिए ।
 
राष्ट्रपति सीले हाल विश्वभर फैलिरहेको कोरोना भाइरस महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्या भएकाले बताएका छन् । यसको समाधानका लागि पनि विश्वका सबै नेताले एक आपसमा समन्वय गर्नुपर्ने बताएका छन् । उनले बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरूसँग शुक्रबार फोनवार्ता गरेका थिए । 
 
फोनवार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वयसहितको प्रयासका लागि आग्रह गरेका थिए । सोहीक्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रुपमा सहयोग र समझरी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
 
वार्ताका क्रममा उनले चीनले कोरोना भाइरस संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामका बारेमा जानकारी दिएका थिए । उनले फोनमा कुरा गरेका नेताहरूसँग ती देशमा महामारीको पछिल्लो अवस्थाका बारेमा पनि जानाकरी लिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।