मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Friday, 14 August, 2026
२o७९ माघ ९ सोमबार १९:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘रहस्यमय भाइरस’सँग डराउन छाडे वुहानवासी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १९:o४:oo

कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले जनाएका छन्। 

सोमबार उनीहरूले भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण ‘रहस्यमय भाइरस’ भएको जनाएका छन्। जनवरी २०२० मा बेइजिङले वुहानमा प्रकोपलाई  कम गर्न बन्द गर्न आदेश दिएको थियो। 

उक्त समयमा लाखौँ मरेका र विश्वव्यापी अर्थतन्त्रलाई उथलपुथल भएको थियो। तर, अब विश्वभरि धेरैका जीवन सामान्यमा फर्किएको र लगभग तीन वर्षको कठोर तालाबन्दी र अनिवार्य सामूहिक परीक्षणपछि, बेइजिङले गत महिना आफ्नो कट्टरपन्थी शून्य–कोभिड नीति हटाएको छ। 

नयाँ वर्ष मनाउने क्रममा, व्यस्त बजार र परिवारहरूमा भिडभाड भएका स्थानीयहरू कोहीले मास्क लगाएका थिएनन्। खेलौनाहरू किन्ने र याङ्त्जे नदीको छेउमा रमाइरहेका देखिन्थ्यो। वुहानको सबैभन्दा प्रतिष्ठित साइटहरूमध्ये एक गुइयुआन मन्दिरमा तीन वर्षमा पहिलोपटक खोलिएको छ। 

चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड–१९ संक्रमणको कारण मृत्यु भएको छ। गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो। 

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ।