मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १६ शुक्रबार १३:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाद्वारा प्रतिगमनविरुद्ध आन्दोलनको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १६ शुक्रबार १३:४८:००

सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनको घोषणा गरेको छ । संयोजक डा. बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत गराएका छन् । 

जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम बनाएको छ।

जसअनुसार माघ २३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्रमा, माघ २७ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा र माघ २९ गते वडा तहमा समायोजन सँगसँगै पुत्लादहन र मसाल जुलुस गर्ने कार्यक्रम घोषणा गरेको छ ।