१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १० शनिबार १४:०३:००
Read Time : < 1 मिनेट
खेलकुद

लुम्बिनीसँग पराजय व्यहोर्दै प्रतियोगिताबाटै बाहिरियो सुदूरपश्चिम

Read Time : < 1 मिनेट
२०७७ माघ १० शनिबार १४:०३:००

लुम्बिनी प्रदेशसँग सहज पराजय व्यहोर्दै सुदूरपश्चित प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा सुदूरपश्चिम ६ विकेटले पराजित भएको हो । 

प्रतियोगितामा सुदूरपश्चिमले अझै एक खेल खेल्न बाँकी छ । यद्यपि, उक्त खेलमा जित हात पारेर पनि सुदूरपश्चिमका लागि सेमिफाइनल यात्रा सम्भव हुनेछैन । 

मूलपानीस्थित मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनको सामान्य योगफलमा समेटिएको थियो । जवाफमा लुम्बिनीले १४.५ ओभरमा मात्रै चार विकेट गुमाएर जित निश्चित गरेको हो । टोलीको यो जितमा लुम्बिनीका लागि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । 

लुम्बिनीका कप्तान कृष्ण कार्की एक्लैले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडनसहित १७ रन मात्रै खर्चिएका थिए । अनिल खरेल र बिक्रम भुसालले थप दुई–दुई विकेट लिए । अनिलले सात ओभरमा मात्रै ६ रन दिए । 

ब्याटिङतर्फ १५ रन पनि जोडेका कृष्णा म्यान अफ दी म्याच चुनिए । सौरभ खनाल १८ र प्रकाश केसी १७ रनमा अविजित रहे । 

सुदूरपश्चिमका लागि बलिङ र ब्याटिङतर्फ कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । नवौँ क्रमका खेलाडी नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन जोडेका थिए । उनीहरूबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ सुदूरका शेर मल्लले दुई विकेट लिएका थिए ।

यो जितसँगै कर्णालीले भने सेमिफाइनल प्रवेशको सम्भावना भने जीवितै राखेको छ । प्रतियोगितामा तीन खेलबाट चार अंक जोडेको लुम्बिनी समूह बीको दोस्रो स्थानमा रहेको छ ।