१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार १९:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक ? आमसभा कस्तो हुन्छ २३ गते हेर्नू : प्रधानमन्त्री ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार १९:३७:००

प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने बताएका हुन् । 

उनले शुक्रबार नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे । उनले भने, ‘अहिले भर्खर रत्नपार्कमा होसियार भाषण गरिरहेको सुनेँ, आठ–दश हजार मान्छे अगाडि देख्नुभएछ, भुइँमा खुट्टै थिएन ।’

विरोध सभालाई देशभरबाट अलिअलि मान्छे जम्मा भएको ओलीको टिप्पणी रहेको छ ।