१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशव्यापी प्रदर्शनले जनताको भावना अभिव्यक्त गरेको छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:३९:००

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबारको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई तथा आभार व्यक्त गरेका छन् । केपी ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध भन्दै कांग्रेसले बिहीबार देशव्यापी विरोध प्रदर्शन गरेको हो । 

‘आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको छ,’ विज्ञप्ति जारी गरेर देउवाले भनेका छन् । कांग्रेसले बिहीबार देशभरका ६ हजार सात सय ४३ वडाबाट विरोध गरेको छ । 

‘गाउँ–नगर वडा कार्यसमितिका साथीहरूसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नुहुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरूमा बधाई ज्ञापन गर्दछु,’ देउवाले भनेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले १३ पुस, २५ पुस र ३ माघमा पनि विरोध प्रदर्शन गरेको थियो ।