भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरूले दोस्रो चरणमा कोभिड– १९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही १६ जनवरीमा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो । जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ ।
पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदै छ । सरकारी अधिकारीहरूका अनुसार आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदलाई खोप दिने तयारी छ ।