मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २३ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीका नौ डिआइजीको बढुवा र पदस्थापन, प्रवक्तामा प्रकाश अधिकारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २३ बिहीबार १८:०७:००

नेपाल प्रहरीमा नौजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा र पदस्थापन भएको छ । बढुवा भएका नौजनाले नै बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । 

बढुवा भएकामध्ये रामकृपाल शाहले साइबर ब्युरोको इन्चार्जको जिम्मेवारी पाएका छन् । महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरा, प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, योजना, अन्वेषण तथा विकास निर्देशनालयमा मुकुन्द आचार्य, प्रदेश समन्वय निर्देशनालयमा गणेश ऐरको पदस्थापन भएको छ ।

प्रहरी प्रवक्ताको समेत जिम्मेवारी दिने गरी प्रकाश अधिकारीको सचिवालयमा पदस्थापन भएको हो । त्यस्तै, दिवेश लोहनी र राजेशलाल कर्णको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । पुरुषाेत्तम कँडेलको प्रशासन तथा मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ । 

दर्ज्यानी चिह्न लगाउने कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।