नेकपा नेता वामदेव गौतमले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुवैबारे आफूलाई थाहा नदिएको बताएका छन् ।
राष्ट्रियसभामा बोल्दै उनले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटनबारे जानकारी नदिएको उनको भनाइ थियो । उनले भने, ‘मैले अविश्वासको प्रस्तावको माध्यमबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने मैले सोचेको थिइन ।’
प्रधानमन्त्री केपी ओलीसँग लामो समयसँगै रहे पनि प्रतिनिधिसभा विघटनबारे आफूलाई थाहै नदिएको उनको भनाइ थियो । नेता गौतमले भने, ‘प्रतिनिधिसभा भंग गर्दा, म कम्युनिस्ट आन्दोलनको अगुवा, नेकपा एमालेभित्र सबैभन्दा बढी संगठन निर्माण गर्नेमा म पर्छु होला, तर, उहाँले सोध्नु भएन । मलाई थाहा थिएन ।’