१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २२ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २२ बुधबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से स्थिर कारोबार रकम सुस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २२ बुधबार o७:४१:oo

लगातार पाँच दिन बढेको नेप्से सोमबारबाट करेक्सनमा देखिन थालेको छ । सोमबार नेप्से करिब पाँच अंकले घटेको हो । कारोबार सुरु भएसँगै वृद्धिको प्रयासमा देखिएको नेप्से सफल भने हुन सकेन । नेप्से २१ सय ६५ सम्म आइपुगेर बजार बन्द भएको हो । 

बजार मन्द भएसँगै कारोबार रकम पनि केही सुस्त भएको छ । कारोबार रकम ४ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ । कारोबारमा आएकामध्ये विकास बैंक, जलविद्युत् र निर्जीवन बिमा कम्पनीको समूहगत परिसूचकमा मात्र वृद्धि भएको छ । 

यस दिन सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभपलमेन्ट बैंक, हिमाल दोलखा हाइड्रो, रिडी हाइड्रो, जोशी हाइड्रो, आँखु खोला जलविद्युत्, घलेम्दी हाइड्रोको मूल्य यो दरमा बढेको हो । 

एक सय मूल्य हाराहारी रहेका जलविद्युत् कम्पनीको मूल्य यसअघिझँै बढ्ने अनुमानमा समेत लगानी गरिएको देखिन्छ । घलेम्दी हाइड्रोको भने आगामी १५ माघमा वार्षिक साधारणसभा हुँदै छ । लाभांश प्रस्ताव नभए पनि सर्वसाधारण समूहबाट सञ्चालकहरू निर्वाचित हुने भएकाले पनि सेयर खरिददारी बढेको हुन सक्ने देखिन्छ । यस दिन कारोबारमा आएका २ सय ६ धितोपत्र तथा ऋणपत्रमध्ये १ सय १७ वटाको मूल्य बढेको, ८२ वटाको मूल्य घटेको हो । 

शिखर इन्स्योरेन्स कम्पनीले ०७६/७७ को नाफाबाट ३६ दशमलव १ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसबीच हकप्रद दिइसकेको र त्यसपछिको चुक्ता पुँजीका आधारमा भने वास्तविक लाभांश दर २९ दशमलव २३ प्रतिशत हुने भएको हो ।

लाभांशका कारण लगानीकर्ता कम्पनीमा आकर्षित भएका छन् । कम्पनीको सबैभन्दा धेरै ६९ करोड ६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । कम्पनीको सेयर ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको हो । १० दशमलव २७ प्रतिशत लाभांश घोषणा गरेको एनसिसी बैंक, ८ प्रतिशत लाभांश दिएको गुह्येश्वरी मर्चेन्टको यस दिन सेयर मूल्य समायोजन भएको छ । 

ad
ad
ad
ad