मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Thursday, 19 December, 2024
२o७७ पौष २१ मंगलबार १७:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा सुरु [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार १७:१८:oo

नेपाली सेनाले गोरखा–काठमाडाैं एकीकरण मार्ग पदयात्रा सुरु गरेको छ । गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली मंगलबार बिहान पदयात्रामा निस्किएकाे हाे।  

पृथ्वीजयन्तीलाई लक्षित गर्दै सेनाले पदयात्रा सुरु गरेका हुन् । पदयात्राको टोली बिदाइको क्रममा पश्चिम पृतनापति, उपरथी विनयविक्रम राणाले नेपालको इतिहासलाई जगेर्ना गर्न पदयात्रा सुरु गरिएको बताए । 

‘नेपालको एकीकरणको उदगम स्थल गोरखा जिल्ला नेपालको गौरवमय इतिहास बोकेको जिल्ला हो । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणमा पुऱ्याएको योगदानलाई उच्च मूल्यांकन गर्दै ऐतिहासिक पदकमार्गमा दोस्रोपटक पदयात्रा सुरु गरेका छौँ,’ उनले भने । 

इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले देश र जनताका लागि वफादारीको साथ काम गर्दै आइरहेको बताउँदै राष्ट्रिय एकताको सन्देश दिन पदयात्रा सुरु गरिएको उनले जानकारी दिए । नेपालको इतिहास संरक्षण गर्नसमेत पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।  

ऐतिहासिक पदमार्गको संरक्षण गर्न पदयात्रा सुरु गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्ज्वल केसीले बताए । पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, टर्च, बाजागाजासहित नेपाली सेनाका टोली सहभागी छन् । 

नेपाली सेनाको पहिला ६ कम्पनीहरू श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज कम्पनी सहभागी रहेको केसीले जानकारी दिए । गोरखा दरबारबाट हिँडेको टोली जोरचौतारा, ताप्ले, अश्राङ हुँदै बोर्लाङमा वास बस्नेछ । बुधबार गोरखाबाट हिँडेको टोलीले धादिङको सल्यानटारमा देवीदत्त गणको टोलीलाई झन्डा, टर्च हस्तान्तरण गर्नेछ । 

धादिङको टोलीले नुवाकोटको जबरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि सोही टोलीले उक्त झन्डा र टर्च काठमाडाैंसम्म पुऱ्याउने गणपति केसीले जानकारी दिए । उनका अनुसार गोरखाबाट हिँडेका टोली पुस २६ गते काठमाडौं पुग्नेछन् भने २७ गते हनुमानढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको कार्यक्रममा सहभागी हुनेछन् । 

पदयात्रा कार्यक्रम बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उक्त पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । एकीकरण पदमार्गको विकासले पदमार्गमा पर्ने स्थानीयहरूको जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ । 

नेपाली सेनाले पदायात्रा सुरु गरेसँगै इतिहासलाई सम्झिने वातावरण बनेको बताउँदै इतिहासलाई कसैले मेटेर मेट्न नसकिनेसमेत पन्तले जानकारी दिए । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले ऐतिहासिक पदमार्गको संरक्षण गर्दै पदमार्ग विकासका लागि तीन तहकै सरकारहरू संयुक्त रूपमा समन्वय गरेर अघि बढ्नुपर्ने बताए । 

इतिहासलाई जगेर्ना गर्न पदमार्गमा पर्ने पाटी, पौवा, धाराहरूको संरक्षण गर्नुपर्ने भीममेन थापा गाउँपालिकाकी उपप्रमुख विनु वाग्लेले बताइन् । इतिहास चिनाउन भग्नावशेष सम्पदाहरूलाई खोजीनिती गरेर संरक्षणमा गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेपालको इतिहास संरक्षण गर्नसमेत पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । नेपाली सेनाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने तत्कालीन सेनाले प्रयोग गरेका मार्गहरूको पहिचान गर्न गत वर्षदेखि पदयात्रा सुरु गरिएको थियो ।