१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १३ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १३ सोमबार २१:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकमा आयौँ, अब त्यसै फर्किदैनौँ : नवीन्द्रराज जोशी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १३ सोमबार २१:३४:oo

कांग्रेस नेता नविन्द्रराज जोशीले बालुवाटारभित्रै बसेर लोकतन्त्रको चीरहरणमा मस्त रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । काठमाडौंको बसन्तपुरमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । 

‘कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,’ जोशीले भने, ‘सरकार संसदबाट भाग्यो, संसद् विघटन गरेर संविधानमाथि बलमिच्याइ ग¥यो, बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं, हेक्का रहोस् ।’ 

उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए । ‘मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,’ उनले भने, ‘सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।’ त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडकबाटै अगाडि बढ्ने बताए । 

जनतालाई ऋणको भारी बोकाउँदै आफु यति र ओम्नीको भारी बोक्ने सरकार जनताको सरकार नभइ गिरोहको सरकार रहेको उनको आरोप लगाए । उनले सबैको आखाँ सर्वाेच्चतिर रहेको न्यायमूर्तिले संविधान र कानून अनुसार फैसला सुनाउनेमा विश्वस्त रहेको समेत बताएका थिए ।