मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ पौष ८ बुधबार १५:०९:००
Read Time : < 1 मिनेट
विश्व

ब्रिटेनको प्रसारण नियमनसम्बन्धी निकाय अफकमद्वारा भारतको रिपब्लिक टिभीलाई २० हजार पाउन्ड जरिवाना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ पौष ८ बुधबार १५:०९:००

ब्रिटेनको प्रसारण तथा सञ्चारसम्बन्धी नियामक निकाय अफिस अफ कम्युनिकेसन (अफकम) ले वर्ल्डडव्यू मिडिया नेटवर्क लिमिटेडमाथि उसको प्रसारण सेवा रिपब्लिक भारतले प्रसारणसम्बन्धी नियम उल्लंघन गरेकोमा २० हजार पाउन्ड जरिवाना गरेको छ । नेटवर्कअन्तर्गत गत वर्ष बेलायतमा पनि एक शाखा स्थापना भएको थियो । यहाँबाट हिन्दी भाषामा समाचार तथा समसामयिक विषय प्रसारण हुने गरेको छ । 

ब्रिटेनमा सो टिभीमार्फत ६ सेप्टेम्बरमा एक विचार विमर्श कार्यक्रम प्रसारण भएको थियो जसको सञ्चालन रिपब्लिक टिभीका प्रधानसम्पादक अर्णव गोस्वामीले गरेका थिए । यो कार्यक्रमम भारतमा २२ जुलाई २०१९ मै भएको थियो । कार्यक्रम भारतको चन्द्रयान–२ अन्तरिक्षयान अवतरण गर्नेसँग सम्बन्धित थियो । अफकमका अनुसार कार्यक्रम एकातर्फ भए पनि गोस्वामी र कार्यक्रममा सहभागीले भारत–पाकिस्तान सम्बन्ध, पाकिस्तानभन्दा भारत खोज अनुसन्धानमा अग्रिणी, कस्मिरमा जारी विवादमा पाकिस्तानको संलग्नताजस्ता विषय समेटिएका थिए । 

यसकारण रिपब्लिक टिभीले ब्रिटेनमा रहेका पाकिस्तानीप्रति अफवाह फैलाएको कारण अफकमद्वारा २० हजार पाउन्ड जरिवाना गरेको हो ।