मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर २९ सोमबार
  • Thursday, 18 September, 2025
२o७७ मङ्सिर २९ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २९ सोमबार १६:५o:oo

सुनसरीको कोसी गाउँपालिकामा सोमबार हात्तीकाे आक्रमणबाट एकजनाको ज्यान गएको छ । 

कोसीटप्पु वन्यजन्तु आरक्षबाट कोसी गाउँपालिका– ६ श्रीपुरका २८ वर्षीय  प्रमोद यादवको ज्यान गएको हो । 

६ नम्बर वडाका वडाध्यक्ष इन्द्रदेव यादवका अनुसार उनी नजिकै खेतमा काम गरिरहेको वेला हात्तीले आक्रमण गरेको थियो ।

आइतबारदेखि त्यस क्षेत्रमा तीनवटा हात्ती प्रवेश गरेर आतंक मच्चाउँदै आएको स्थानीयले जनाएका छन् ।