१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २७ शनिबार
  • Wednesday, 02 July, 2025
रामकुमार श्रेष्ठ नवलपरासी
२o७७ मङ्सिर २७ शनिबार २१:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o७७ मङ्सिर २७ शनिबार २१:३७:oo

पूर्वी नवलपरासीमा वडाध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ परेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा बौदीकाली गाउँपालिका १ का अध्यक्ष ४९ वर्षीय टोलनाथ कँडेलसहित नाैजना पक्राउ परेका हुन् । 

शनिबार दिउँसो एक लाख ६८ हजार नौ सय १० रुपैयाँ नगदसहित उनीहरू पक्राउ परेका हुन् । कावासोती २ का ५२ वर्षीय राम्जी केसी, ४४ वर्षीय चुडामणी कँडेल, कावासोती ८ का ३८ वर्षीय श्रीधर शर्मा, कावासोती ३ का ४० वर्षीय बलबहादुर गुरुङ, ४१ वर्षीय गमबहादुर सिंजाली, ३३ वर्षीय किरण केसी, कावासोती ४ का ४१ वर्षीय रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी पनि पक्राउ परेका छन् ।