१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २७ शनिबार
  • Wednesday, 26 June, 2024
२o७७ मङ्सिर २७ शनिबार १९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मदः फल्चाको पुनर्निर्माण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २७ शनिबार १९:३५:oo

२०७२ को भूकम्पले पूर्ण रूपमा भत्किएको पुच्व पुस्तकालयसमेत रहेको ऐतिहासिक मदः फल्चा (पाटी) पुनर्निर्माण गरिएको छ । पुल्चोकस्थित मदः फल्चाको पुनर्निर्माण प्रारम्भ नेपालले सुरु गरेको हो । प्रारम्भ नेपालले काम थालेपछि ललितपुर महानगरपालिका, साबिक दाता कर्ममाया महर्जनलगायतले पुनर्निर्माणका लागि सहयोग गरेका थिए । 

पुस्तकालय तथा फल्चा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फल्चा र पुस्तकालय ऐतिहासिक भएको बताए । 

फल्चा निर्माणका लागि चन्दा संकलन गर्दा त्यतिवेला कर्ममाया महर्जनले १० हजार चन्दा दिएको उनले स्मरण गरे । उनले भने, ‘त्यो वेला पैसा धेरै महँगो थियो, धेरैले २५ पैसा चन्दा दिनुभएको थियो, त्यो वेला नै कर्ममायाले तिमीहरूले गरेको काम राम्रो छ, भन्दै १० हजार दिनुभएको थियो ।’ 

महर्जनले फल्चा निर्माण गर्दा डोरबहादुर पाण्डेको सहयोगलाईसमेत स्मरण गरे । पुच्व पुस्तकालय ललितपुरको प्रसिद्ध पुस्तकालय भएको उनले बताए । उनले समयअनुसार पुस्तलयकालाई प्रविधिसँग जोड्नुपर्ने धारणा राखे। 

४१ लाखमा निर्माण सम्पन्न भएकोे पुस्तकालयसहितको फल्चाको ऐतिहासिक महत्त्व रहेको छ । रातो मछिन्द्रनाथको गरगहनाको लगत गणना गर्ने र भजनमण्डलले यही फल्चामा बसेर भजन–कीर्तन गर्छ । 

पुस्तकालयका अध्यक्ष विकास डंगोलले पुच्व पुस्तकालयलाई प्रविधिमैत्री बनाइने बताए । ई–लाइब्रेरीको अवधारणाअन्तर्गत काम भइरहेकाे उनले जानकारी दिए । 

साबिक दाता कर्ममाया महर्जनले सहयोग पाटी र पुस्तकालयको संरक्षणमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताइन् । 

पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्यले ललितपुर महानगरभित्र २०७२ मा भत्किएका ऐतिहासिक महत्त्वका सम्पदाहरू पुनर्निर्माणको काम धमाधम भइरहेका बताए । 

प्रारम्भ नेपालका सल्लाहकार आनी छोइङ डोल्माले विकास निर्माणको काम गर्न विदेशीको भर पर्न नहुने बताउँदै आत्मनिर्भरताको गतिलो उदाहरण फल्चा पुनर्निर्माण भएको बताइन् ।

ad
ad
ad
ad