मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १६ मंगलबार
  • Wednesday, 09 July, 2025
रामकुमार श्रेष्ठ
२o७७ मङ्सिर १६ मंगलबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्कुलबसको ठक्करबाट एकको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
नयाँ पत्रिका
२o७७ मङ्सिर १६ मंगलबार १२:३३:oo

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा– ९ मा थुम्कीदेवी ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलको स्कुलबसको ठक्करबाट गम्भीर घाइते भएका तीनजनामध्ये एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान मध्यबिन्दु नगरपालिका– ९ वसन्तपुरको भित्री सडक खण्डमा ग.१क २४८३ नम्बरको स्कुलबसले विपरीत दिशाबाट आउँदै  गरेको लु.२०प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजना गम्भीर घाइते भएका थिए । 

घाइतेमध्ये मध्यबिन्दु नगरपालिका– १३ निवासी ३५ वर्षीय सन्तबहादुर कुमालको निधन भएको हो ।

उनको उपचारको क्रममा भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताए ।  

दुर्घटनामा परी मध्यबिन्दु– १३ निवासी मनु विक, २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् ।

उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिने बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।