१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०६:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङका चार सय १५ उद्योग खारेज

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०६:०३:००

लमजुङमा दर्ता भएर पनि लामो समयदेखि नवीकरण र सञ्चालनमा नआएका ४ सय १५ उद्योग खारेज भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ०४४ सालदेखि ०७७ कात्तिकसम्म दर्ता भएका उद्योगमध्ये ४ सय १५ उद्योग खारेज भएका हुन् । जिल्लामा हालसम्म ३ हजार ९ सय ६९ उद्योग दर्ता भएका छन् ।

कार्यालयका प्रमुख तोपलाल भुसालले उद्योग दर्ता गरेको लामो समयसम्म नवीकरण र सञ्चालन नगरेका उद्योगलाई खारेज गरिएको बताए । उनका अनुसार चालू आवको चार महिनाको अवधिमा ३ सय ५ नयाँ उद्योग दर्ता भएका छन् भने ४ वटा उद्योग खारेज गरिएको छ । त्यस्तै, कार्यालयले अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा ११ वटा उद्योग खारेज गरेको थियो । सो अवधिमा ६ सय ६९ नयाँ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष ०७५/७६ मा ६ वटा उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ ।

आव ०७५/७६ मा ४ सय ६८ वटा नयाँ उद्योग दर्ता भएका थिए । कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा १० वटा उद्योग खारेज भएका थिए । २ सय ७६ वटा नयाँ उद्योग दर्ता भएको कार्यालयको तथ्यांकमा छ । आर्थिक वर्ष ०७३/७४ मा ८ उद्योग खारेज भएका थिए ।

खारेज हुनेमा बढी मात्रामा वाणिज्यतर्फका छन् । चालू आवको चार महिनामा १२ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् । अघिल्लो आवमा २५ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् । यस्तै, आव ०७५/७६ मा २३ वटा वाणिज्यतर्फका उद्योग खारेज गरिएको कार्यालयले जनाएको छ । चालू आवमा खारेज भएका उद्योग कोभिडका कारण सञ्चालनमा आउन नसकेका हुन् ।