१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लमजुङ महोत्सवको प्रतिटिकट पाँच रुपैयाँ सामाजिक क्षेत्रमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२९:oo

लमजुङको सदरमुकाम बेँसीसहरमा भएको आठौँ लमजुङ महोत्सवमा प्रवेश टिकटको रकममध्ये प्रतिटिकट पाँच रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरिएको छ। आयोजकले प्रतिटिकट एक रुपैयाँका दरले ४३ हजार पाँच सय ७७ रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङलाई प्रदान गरेको छ।

पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणार्थ प्रतिटिकट एक रुपैयाँ सहयोग गर्ने निर्णय भएको र सोहीअनुरूप रकम हस्तान्तरण गरिएको महोत्सव मूल आयोजक समितिका सचिवालय संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका महासचिव विपिन श्रेष्ठले जानकारी दिए।

संघले विगतका वर्षझैँ यस वर्ष पनि महोत्सवमा बिक्री भएका टिकटबाट केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने पूर्वनिर्णयअनुरूप दुई लाख १७ हजार ८८५ रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेको हो।

संघले महोत्सव समापन समारोहमा सो रकममध्ये घोषणाबमोजिम नेपाल पत्रकार महासंघ, आदर्श महिला तथा बालविकास केन्द्र, सर्वोदय सेवा आश्रम र मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ। यसैगरी, आदर्श महिला तथा बालविकास केन्द्र, मानव सेवा आश्रम र सर्वोदय जेष्ठ नागरिक आरोग्य आश्रमलाई प्रतिटिकट ५० पैसाका दरले प्रतिसंस्था २१ हजार सात सय ८८ रुपैयाँ ५० पैसा हस्तान्तरण गरेको हो। 

आयोजकका अनुसार सहजीखेल मैदान विकास समितिका लागि प्रतिटिकट एक रुपैयाँ, विपद् व्यवस्थापन कोषका लागि प्रतिटिकट एक रुपैयाँ ५० पैसा विनियोजन भएको छ। सो रकम भने अनुकूल समय मिलाएर हस्तान्तरण गरिने संघले जनाएको छ।

महोत्सव अवधिभर औपचारिक उद्घाटन र समापन समारोहको दिनबाहेक ११ दिनसम्म ४३ हजार पाँच सय ७७ वटा टिकट बिक्री भएकोमा सोहीअनुरूप विभिन्न संस्थालाई प्रदान गरिएको हो।

ad
ad