१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस/पिटिआई
२०७७ मङ्सिर ९ मंगलबार १६:३१:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा पछिल्लो २४ घन्टामा ३८ हजार कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
रासस/पिटिआई
२०७७ मङ्सिर ९ मंगलबार १६:३१:००

कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लाे २४ घन्टामा झन्डै ३८ हजार संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ३७ हजार नौ सय ७५ जना संक्रमित थपिएका हुन् । 

योसँगै भारतमा कुल संक्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार दुई सय १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये चार सय ८० जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो । 

पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये एक सय २१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाखभन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।