मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Monday, 10 August, 2026
२o७८ फाल्गुण २२ आइतबार १४:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

साउदी अरेबियामा कोरोना भाइरसविरुद्धका प्रतिबन्धहरू हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १४:oo:oo

साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरू आइतबारदेखि हटाएको छ। यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार आन्तरिक हवाई उडानहरूमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ।

त्यसैगरी यहाँ अब सार्वजनिक स्थलहरूमा पनि उपस्थित हुन पाइनेछ। पर्यटकीय स्थलहरूमा उपस्थितिका लागि पिसिआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ। तर, यहाँका नागरिकले घरबाहिर निस्किँदा मास्क भने लगाउनुपर्नेछ। सार्वजनिक स्थलहरूमा मास्क भने अनिवार्य गरिएको छ।

पछिल्ला केही हप्ताहरूमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरू हटाएको जनाइएको छ। रासस/सिन्ह्वा