
बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पाइएका छन्। यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्र एक लाख ६ हजारभन्दा बढी संक्रमित भेटिएका हुन्। यसअघि यहाँ एकै दिनमा करिब ९६ हजार संक्रमित भेटिएका थिए। यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो।
बेलायतमा पछिल्ला केही हप्ताहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ। यहाँका अधिकारीहरूले प्रकोप सुरू भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन्। यहाँ केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। यसकारण यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।
यहाँ अहिलेसम्म एक करोड १६ लाखभन्दा बढी संक्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ। पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको देखिएको बताइएको छ। रासस/सिन्ह्वा