
काठमाडौंको बागबजारमा महिलाको हत्या गरी फरार व्यक्तिलाई प्रहरीले एक महिनापछि पक्राउ गरेको छ। धादिङको गल्छी घर भई काठमाडौंको काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्तलाई प्रहरीले मंगलबार भारतबाट पक्राउ गरी ल्याएको हो।
उनले गत २९ चैतमा नुवाकोटको सूर्यगढी घर भई काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या गरेको एसपी अपिलराज बोहराले बताए। आपसी विवाद हुँदा हत्या गरेकाे उनले बताएका छन्। विवाहित पन्त महिलासँग प्रेम सम्बन्धमा थिए।
पन्तलाई भारतबाट फर्कने क्रममा नागढुंगामा पक्राउ गरिएको बताइए पनि भारतबाट पक्राउ गरी ल्याइएको प्रहरी स्रोत बताउँछ।