Skip This
१०४ वर्षीया माजनीमाया चेपाङले पाइन नागरिकता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१०४ वर्षीया माजनीमाया चेपाङले पाइन नागरिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:o८:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १०४ वर्षीया माजनीमाया चेपाङले शुक्रबार नागरिकता पाएकी छिन्। गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाका क्रममा विक्रम संवत् १९७७ साल भदौ १२ गते जन्मिएकी माजनीमाया चेपाङलाई नागरिकता प्रदान गरिएको हो।

गाउँपालिकाको अनुरोधमा गाउँपालिकाको वडा नम्बर–७ धुसैनीकी १०४ वर्षीया चेपाङलाई प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्। उनलाई नागरिकता प्रदान गर्न प्रशासन कार्यालयका अधिकृत सहदेव आचार्य, जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल माजनीमायाको घर धुसैनी पुगेका थिए।

१०४ वर्षीया माजनीमायालाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको प्रजिअ सेढाईंले बताए। माजनीमाया चेपाङलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, वडाध्यक्ष रामबहादुर चेपाङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलालगायत स्थानीयवासीको रोहबरमा नागरिकता प्रदान गरिएको हो।

उमेरले शताब्दी नाघेकी माजनीमाया न त राम्रोसँग आँखा देख्न सक्छिन न त उनी राम्रो सुन्न नै सक्छिन्। अर्काको सहाराले मात्रै घरको भित्रबाहिर गर्न सक्ने माजनीमायालाई नागरिकता दिलाउने व्यवस्था गर्न सकेकोमा अत्यन्तै खुसी लागेको पालिकाका अध्यक्ष मल्लले बताए। 

नागरिकता नभए पनि गाउँपालिकाले उनलाई विगत एक वर्षदेखि मासिक रूपमा दुई  हजार रुपैयाँ दिँदै आएको अध्यक्ष मल्लले बताए। नागरिकता नहुँदा यसअघि माजनीमाया सरकारका तर्फबाट पाउने सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधाबाट वञ्चित हुँदै आएकी थिइन्। 

ad
ad