मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी काबुल
२०७७ मङ्सिर ६ शनिबार १२:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलमा शृंखलाबद्ध रकेट बम प्रहार, तीनको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७७ मङ्सिर ६ शनिबार १२:१६:००

अफगानिस्तानको राजधानी काबुलमा शृंखलाबद्ध बम प्रहार भएका छन् ।काबुलको केन्द्रमा रहेको ग्रिन जोन र आसपासको व्यापारिक क्षेत्रमा बम प्रहार भएको हो ।

अन्धाधुन्ध प्रहार भएका बम डाउनटाउन क्षेत्रको ए नाउ, चेहल सतुन र अहमत शाह मैना क्षेत्रमा विस्फाेट भएका थिए । आन्तरिक मामिला मन्त्रालयका अधिकारीले अहिलेसम्म १४ वटा रकेट प्रहार भएको बताएका छन् । 

अफगानिस्तानको अनादोलु समाचार एजेन्सीले जनाएअनुसार रकेटबाट चुम्बकीय प्रकृतिका बम प्रहार भएका छन् । 

अहिलेसम्म लगातार प्रहार गरिएका बम विस्फाेटमा परी तीनजनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयले ११ जना घाइते भएको बताएको छ ।  

त्यसपछि भएका बम विस्फाेटमा के–कति हताहत भए भन्ने कुरा खुल्न सकेको छैन। अफगानिस्तानको ग्रिन जोनमा अहिले पनि साइरन बजिरहेको समाचार एजेन्सीले उल्लेख गरेका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो, तालिबान र अफगान सरकारबीच हुन गइरहेको आसन्न वार्ताअघि बम विस्फाेट भएको हो । 

अफगानिस्तानमा शान्ति स्थापनाका लागि अमेरिकाको पहलमा तीनै पक्षबीच कतारमा वार्ता हुन गइरहेको छ । हालसम्म आक्रमणको जिम्मेवारी कसैले लिएका छैनन् । 

तस्बिर : आ डटकमबाट