मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २६ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २६ बुधबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौतमविरुद्धकाे रिटमाथि सुनुवाइ आज हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २६ बुधबार १२:३o:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमविरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ । 

गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको पेशी आजका लागि तोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १२ असोजमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा  बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।