१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १५ शनिबार
  • Thursday, 03 July, 2025
एजेन्सी नयाँदिल्ली
२o७७ कार्तिक १५ शनिबार १२:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दिल्लीमा थपिए अहिलेसम्मकै धेरै संक्रमित 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँदिल्ली
नयाँ पत्रिका नयाँदिल्ली
२o७७ कार्तिक १५ शनिबार १२:१८:oo

भारतको दिल्लीमा गएको २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार आठ सय ९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सबभन्दा धेरै हो । 

दिल्ली प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ८१ हजार ६ सय ४४ जना संक्रमित भएका छन् ।

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार सात सय ३९ जना नयाँ संक्रमित भेटिएका थिए । बुधबार पाँच हजार ६ सय ७३ जना भेटिएका थिए । 

सरकारी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार दिल्लीबाट चार हजार चार सय ३३ जना संक्रमणमुक्त भएका छन् । 

दिल्लीमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको संख्या तीन लाख ४२ हजार आठ सय ११ पुगेको छ। कोरोना संक्रमणबाट दिल्लीमा अहिलेसम्म ६ हजार चार सय ७० जनाले ज्यान गुमाएका छन् ।