१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १४ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७७ कार्तिक १४ शुक्रबार o५:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानको कोभिड अस्पताल सुधारका लागि दबाब समूह गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १४ शुक्रबार o५:१९:oo

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको कोभिड–१९ अस्पतालको सुधारका लागि दबाब समूह गठन गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको नेतृत्वमा एक सय एक सदस्यीय बिपी प्रतिष्ठान सुधार दबाब समूह गठन गरिएको हो ।

उचित व्यवस्थापनको अभावमा नागरिकको अकालमा ज्यान जान थालेपछि सर्वपक्षीय भेलाले दबाब समूह गठन गरेको नेकपा धरान नगर इन्चार्ज फोक्साहाङ लिम्बु (चोत्लुङ)ले बताए ।

दबाब समूहमा सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका वडाध्यक्ष, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, पत्रकारहरू सहभागी छन् । प्रतिष्ठान सुधारका लागि समूहले दबाब सिर्जना गर्ने जनाएको छ ।