१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ७ शुक्रबार
  • Tuesday, 08 July, 2025
एजेन्सी
२o७७ कार्तिक ७ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्समा एकैदिन ४१ हजारमा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ कार्तिक ७ शुक्रबार १८:२२:oo

फ्रान्समा एकैदिन ४१ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि ४१ हजार ६ सय २२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार यो संख्या महामारीयताकै सबैभन्दा बढी हो । अधिकारीहरूका अनुसार यस संक्रमणबाट फ्रान्समा करिब १० लाख संक्रमित पुगेका छन् । यहाँ गएको २४ घन्टामा एक सय ६५ जनाको निधन पनि भएको छ । 

योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५ हजार दुई सय १० जना पुगेका छन् । यहाँ गत हप्ता मात्र १० हजार एक सय ६६ जना संक्रमित अस्पताल भर्ना भएका छन् । 
तीमध्ये एक हजार ६ सय २७ जनालाई आइसियूमा भर्ना गरिएको छ । अधिकारीहरूले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको संक्रमण निकै द्रुत गतिमा बढ्दै गएको छ ।

यसलाई संक्रमणको दोस्रो चरणको वेभ आएको आकलन गरिएको छ ।