१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २७ मंगलबार ०८:५२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २७ मंगलबार ०८:५२:००

कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन  विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । ‘विद्युत् खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने सर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार  भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ ।

आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवर्द्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नूतनप्रकाश शर्माले जानकारी दिए । 

यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेसनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ । कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवर्द्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरूले उत्पादित विद्युतले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

फिडर मर्मतका लागि राजधानीका विभिन्न स्थानमा विद्युत् काटिने

नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झन्डै डेढ दर्जनबराबरका स्थानमा आज बिहान ६:३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेसनअगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिनेछ । यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालिमाटी फिडरअन्तर्गत पर्ने टेकु नेसनल ट्रेडिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ ।

यस्तै क्षेत्रपाटीचोक, जैशीदेवल, ज्यावबहाल, चिकमुगङ्ल, भीमसेनस्थान  फिडरअन्तर्गत अन्डरग्राउन्ड हुँदै टेकु नेसनल ट्रेडिङको बाहिरपट्टि काठमाडौं बिजनेसपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रह्मटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले तोकिएको समयअगावै तोकिएको कार्य सकिएको खण्डमा विद्युत् पुनः सञ्चालनमा आउन सक्ने सूचना अधिकृत अर्यालले जानकारी दिए । रासस