
सरकारसँग ८बुँदे सहमति भएपछि आइतबार २८औँ दिनमा डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै उनी १९औँ पटक अनशनमा बसेका थिए । शनिबार राति सहमति भएपछि अनशनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपीनाथ मैनालीले ८बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीका हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
केसीको समर्थनमा चिकित्सक संघ र आवासीय चिकित्सकले गर्दै आएको आन्दोलनको कार्यक्रम सरकारसँग बीच सहमति भएपछि फिर्ता लिएका छन् ।
६बुँदे माग राख्दै डा. केसीले २९ भदौदेखि जुम्लाबाट अनशन सुरु गरेका थिए । उनलाई स्वास्थ्य खराब भएपछि नेपालगंज हुँदै काठमाडौं ल्याइएको थियो ।