१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २४ शनिबार
  • Sunday, 06 July, 2025
एजेन्सी
२o७७ असोज २४ शनिबार ११:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतपछि पाकिस्तानले लगायो टिकटकमा प्रतिबन्ध

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ असोज २४ शनिबार ११:२७:oo

भारतपछि पाकिस्तानले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरणले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको हो । 

टिकटकले अनैतिक र अश्लील सामग्रीलाई फिल्टर गर्न नसकेको भन्दै प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।  

टिकटकमाथि अनैतिर अश्लील सामग्री व्याप्त भएको भन्दै समाजका विभिन्न क्षेत्रबाट गुनासो बढेपछि प्रतिबन्ध लगाउन परेको सरकारको स्पष्टिकरण छ । 

टिकटकले यसप्रकारका सामग्रीहरु हटाउन सहमत भएमा प्रतिबन्ध फुकुवा गर्न सकिने समेत बताइएको छ । यता टिकटक कम्पनीले भने पाकिस्तान दूरसञ्चार प्राधिकरणसँग यो विषयमा छलफल चलाइरहेको बताएको छ । 

रोयटर्ससँगको कुराकानीमा कम्पनीले देशको जीवन्त र रचनात्मक समुदायलाई सेवा प्रदान गर्न आफू तत्पर रहेको जनाएको छ ।